धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,२४ भाद्र ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङले स्वाबलम्बी बहिरा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई खाद्यान्न तथा झोला वितरण गरेको छ । कांग्रेस धादिङले जननायक बिपी कोइरालाको १११ औँ जन्मजयन्ती अवसरमा नीलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको उक्त विद्यालयका विद्यार्थीहरुलाई खाद्यान्न तथा स्कुल झोला वितरण गरेको हो ।
सोमबार एक कार्यक्रमका बिच नेपाली काँग्रेस धादिङका सभापति तथा कृषि मन्त्री रामनाथ अधिकारीले १० बोरा चामल, २ कार्टुन खाने तेल लगायतका खाद्य सामाग्री र ४३ जना विद्यार्थीहरुलाई झोला र खाद्यान्न वितरण गर्नुभएको हो । अधिकारीले उक्त विद्यालयमा रहेका ४३ जना बहिरा विद्यार्थीको उज्जवल भविश्यको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागमति प्रदेश सांसद गोबिन्द लम्साल, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामा, खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेती र ज्वालामूखी गाउँपालिका अध्यक्ष यमनाथ दनैले स्वाबलम्बी बहिरा आधारभुत विद्यालयलाई ५०÷५० हजार रकम उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
बिपि जयन्तीको अवसरमा ज्वालामूखी गाउँपालिकाले विद्यार्थीहरुलाई आवस्यक सामाग्री उपलब्ध गराउने र अन्य गाउँपालिकाले नगद उपलब्ध गराउने सामुहिक प्रतिवद्धता जनाउनुभएको छ ।
नेपाली कांग्रेस धादिङले पार्टी कार्यालयमा नियमति रुपमा प्रवचन कार्यक्रम गर्दै आएकोमा यस वर्ष भने बहिरा बालबालिकाहरुलाइ सहयोग गरेर फरक किसिमको कार्यक्रम गरेको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |