Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन ९, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • यहि फागुन ११ गते रवि धादिङ आउने यहि फागुन ११ गते रवि धादिङ आउने
  • निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस् निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
  • कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी

५१९ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १२, शनिबार (१ महिना अघि)
उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी

धादिङ, पुस १२ गते ।

नीलकण्ठ नगरपालिका–८ स्थित आँकुरा कृषि तथा पशुपन्छी सहकारी संस्था लिमिटेडको चौँथो वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। नीलकण्ठ नगरपालिका–८, बाह्रमुरे स्थित तरकारी प्रशोधन केन्द्रको प्राङ्गणमा सम्पन्न अधिवेशनले शम्भु श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा विष्णुकुमार श्रेष्ठ, सचिवमा विष्णुहरी लम्साल, कोषाध्यक्षमा फत्तकुमारी श्रेष्ठ (सुनिता) र सहसचिवमा हिरा कुमाल चयन भएका छन्। सदस्यहरूमा भुवल विश्वकर्मा, लक्ष्मी श्रेष्ठ, विमला कोइराला र प्रेमनारायण श्रेष्ठ रहेका छन्।
यसैगरी, लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा रेशमकुमार श्रेष्ठ चयन भएका छन् भने सदस्यमा टेकबहादुर मगर र शर्मिला तामाङ रहेका छन्।

सहकारीले नीलकण्ठ नगरपालिकासँग सम्झौता गरी तरकारी मूल्य शृङ्खला विकास तथा कृषि उपजको बजारीकरणका लागि तरकारी प्रशोधन केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले सहकारीमार्फत तथ्यांकमा आधारित उत्पादनका आधारमा अनुदान तथा इच्छुक उद्यमीहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। साथै सहकारीको स्तरोन्नति र नगरभरिका कृषि उपज बिक्रीको मुख्य माध्यमका रूपमा विकास गर्न नगरपालिकाले पूर्ण सहयोग गर्ने बताउनुभयो।

नगर प्रमुख ढुंगानाले स्थानीय कृषि उपजको बजारीकरण र कृषकले उचित मूल्य प्राप्त गर्न सकून् भन्ने उद्देश्यले तरकारी प्रशोधन केन्द्र निर्माण गरिएको बताउनुभयो। कृषकहरूको आयआर्जन र आर्थिक उन्नतिमा प्रशोधन केन्द्र महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले कृषि उपज भण्डारणका लागि कोल्ड च्याम्बर (चिस्यान केन्द्र) निर्माण गर्न नगरपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको र छिट्टै कार्यान्वयनमा जाने जानकारी दिनुभयो।

त्यसैगरी नीलकण्ठ नगरपालिकाका ८ का वडा अध्यक्ष प्रकाशकुमार श्रेष्ठले किसानहरूको आर्थिक अवस्था सुदृढ बनाउन वडा तहबाटै ठोस योजना अघि सारिएको बताउनुभयो। उहाँका अनुसार सहकारी र नगरपालिकाबीचको समन्वयमा अब वडाभित्रका किसानले उत्पादन गरेका तरकारी, फलफूल, खाद्यान्न, पशुपन्छी तथा दूधजन्य उत्पादनहरू सहकारीले खरिद गरी बजारीकरण गर्नेछ।

सहकारीले नीलकण्ठ कृषि उपज प्रशोधन केन्द्र मार्फत उत्पादनको संकलन, भण्डारण र प्रशोधनमा सहयोग पु¥याउने उहाँको भनाइ छ। उत्पादित सामग्री पोखरा, काठमाडौं र नारायणघाटजस्ता राष्ट्रिय बजारका साथै अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने लक्ष्य राखिएको उहाँले बताउनुभयो।

सहकारीमार्फत कृषकलाई प्राविधिक सहयोग, मल, बीउ र विषादीको उपलब्धता सुनिश्चित गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढुंगानाले हेफर इन्टरनेसनल र एक्सन नेपालको सहकार्यमा आँकुरा कृषि सहकारी तथा नीलकण्ठ नगरपालिकासँग मिलेर सञ्चालन भइरहेका गतिविधि, आगामी योजना तथा तरकारी प्रशोधन केन्द्रको दिगोपनाबारे प्रस्तुति दिनुभएको थियो। प्रशोधन केन्द्र सञ्चालनका लागि आवश्यक उपकरण व्यवस्थापन तथा सहजीकरणमा सहयोग गरिने पनि उहाँले जानकारी दिनुभयो।

May be an image of studying and text

May be an image of one or more people, people studying and text

परम्परागत बचत तथा ऋण सहकारीभन्दा फरक ढंगले यो संस्था कृषि तथा पशुपालनको व्यावसायिक विकास, उत्पादन, संकलन, प्रशोधन र बजारीकरणमा केन्द्रित रहने जनाएको छ।

हाल आँकुरा कृषि तथा पशुपन्छी सहकारी संस्थामा करिब ५०० घरधुरी आबद्ध भइसकेका छन्।

नीलकण्ठ नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नं. ८ का अध्यक्ष प्रकाशकुमार श्रेष्ठ, एक्सन नेपाल धादिङका कार्यकारी निर्देशक कमलराज ढुंगाना, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा सहकारीका शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

  • यहि फागुन ११ गते रवि धादिङ आउने

    यहि फागुन ११ गते रवि धादिङ आउने

  • निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • समाचार
    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    यहि फागुन ११ गते रवि धादिङ आउने

    यहि फागुन ११ गते रवि धादिङ आउने

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0