तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,११ मंसिर
नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको लागि धमाधम प्रतिनिधि चयनको प्रकृया भईरहेको छ । यसैबिच धादिङमा पनि बिहिबार प्रतिनिधि छनौटका लागि उम्मेदवारी दर्ता भएको छ । धादिङ क्षेत्र नम्बर १ मा ३ जना महिलाका लागि १० जना, १ जना युवाको लागि १३ जना र ६ जना खुल्लाको लागि २४ जनाको उम्मेदवारी परेको नेकपा एमाले जिल्ला उपसचिव उर्मिला रेग्मीले जानकारी दिनुभयो । गल्छी गाउँपालिका कमिटि कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो । यसैगरि धादिङ क्षेत्र नम्बर २ को उम्मेदवारी दर्ता जिल्ला पार्टी कार्यालयमा भएको छ ।
४ जना खुल्लाका लागि २३ जना, २ जना महिलाका लागि ८ जना र १ जना युवाका लागि १२ जनाको उम्मेदवारी दिएको छ । जिल्लाभरबाट १ जना दलितका लागि ३ जनाको उम्मेदवारी परेको नेकपा एमाले जिल्ला सदस्य गिता खनालले बताउनुभयो ।धादिङमाबाट १८ जना प्रतिनिधि छनौट गर्न ९३ जनाको उम्मेदवारी परेको छ । एमाले महाधिवेश प्रतिनिधि अन्तिम टुंगो शनिबारसम्म लगाउने छ । पार्टी सदस्यले मतदान वा आपसि सहमतिबाट छनौट गरिने योजना एमोलेले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |