नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,११ मंसिर
आमाको दुधको महत्व, शिशु स्वास्थ्य तथा आमाको दुधका विकल्पका सामग्रीहरूको अनियन्त्रित प्रचार–प्रसार नियन्त्रणसम्बन्धी कानुनी प्रावधानबारे जनचेतना बढाउने उद्देश्यले धादिङमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जनस्वास्थ्य कार्यालय धादिङद्धारा आयोजित उक्त कार्यक्रममा स्वास्थ्यकर्मी, स्वास्थ्य क्षेत्रका सरोकारवाला तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।
कार्यक्रममा वक्ताहरूले आमाको दुध शिशुको पूर्ण पोषण, रोग प्रतिरोधात्मक क्षमता वृद्धि र समग्र विकासका लागि अत्यन्त आवश्यक हुने उल्लेख गर्दै जन्मेपछि कम्तीमा ६ महिनासम्म आमाको दुध मात्र खुवाउनुपर्नेमा जोड दिए ।
आमाको दुधका विकल्पका सामग्रीहरूको बिक्री–वितरण र प्रचार–प्रसारसम्बन्धी प्रावधान समेटिएको आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन २०४८ तथा नियमावली २०५१ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकतासँगै यसमा चुनौती पनि रहेको सहभागीहरूले बताएका थिए ।
बजारमा आमाको दुधका विकल्पका वस्तुहरू खुला रूपमा प्रदर्शन गरेर उपभोग बढाउने कार्य कानुनविपरीत हुने भएकाले यस्ता गतिविधि रोक्न सबै सम्बद्ध निकाय सक्रिय हुनुपर्ने जनस्वास्थ्य कार्यलयका धादिङका प्रमुख अर्जुन पौडेलले बताउनुभयो ।
जनस्वास्थ्य कार्यालय धादिङका अनुसार कार्यक्रममा सहभागीहरूले शिशु स्वास्थ्य, आमाको दुध संरक्षण तथा सम्बन्धित कानुनी व्यवस्थाबारे थप विस्तृत जानकारी प्राप्त गरेका छन् ।कार्यक्रममा धादिङबेसीका औषधि व्यवसायी तथा जिल्लाका पत्रकारहरूको उपस्थिति रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |