नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,१० मंसिर
धादिङको खनियाबास गाउँपालिमा बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । मंसिर २६ गते र २७ गते दार्खा स्थित खनियाबास ग्रामिण अस्पतालम शिविर हुने भएको हो । अन्तराष्ट्रिय धादिङ समाजको आयोजना र धादिङ समाज अमेरिकाको सहकार्यमा सन्चालन हुने शिविरको प्राविधिक सहयोग मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले गर्ने छ । शिविरको स्थानीय सहयोगीहरुमा खनियावास गाउँपालिका र डिपिन रहेको छ । ग्रामीण बस्तीका नागरिकलाई घर नजिक विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो ।

शिविरमा जनरल फिजिसियन,महिला रोग विशेषज्ञ,डेण्डल र हार्ड जोर्नी विशेषज्ञ सेवा उपलब्ध हुनेछ ।शिविर मंसिर २६ गते बिहान ९ बजेदेखी ५ बजे सम्म र मंसिर २७ गते बिहान ९ बजेदेखी १ बजेसम्म सन्चालन हुनेछ ।स्वास्थ्य शिविरले धादिङको खनियाबास आसपासका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने र शिविरमा सहभागी भई सेवा लिन अन्तराष्ट्रिय धादिङ समाजका महासचिव बाबुकाजी भण्डारीले आग्रह गर्नुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |