धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ, कात्तिक १५ ।
धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित स्वाबलम्बी बहिरा आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ।
नीलकण्ठ–८ निवासी कमलराज ढुंगाना र सुनिता इटनी ढुंगानाकी छोरी आध्यवी ढुंगानाको चौथो जन्मदिनको अवसरमा विद्यालयका बालबालिकाहरूका लागि एक महिनासम्म पुग्ने गरी आवश्यक खाद्यान्न सामग्री सहयोग गरिएको हो।
सहयोग अन्तर्गत विद्यालयलाई ५ बोरा चामल, एक बोरा आलु, चाउचाउ, बिस्कुट, तेल, आटा, फुरनदाना, नुन, मसला लगायतका सामग्री हस्तान्तरण गरिएको कमलराज ढुंगानाले जानकारी दिनुभयो।


उहाँका अनुसार, “जन्मदिनका नाममा हुने फजुल खर्चलाई सामाजिक कार्यमा रूपान्तरण गर्ने उद्देश्यले छोरी आध्यवीको जन्मदिन विद्यालयका बालबालिकासँग मनाएका हौं।” उहाँले आगामी दिनहरूमा पनि विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीले सहयोग प्रदान गर्ने परिवारलाई धन्यवाद व्यक्त गर्दै यसले विद्यालयलाई ठूलो राहत मिलेको बताउनुभयो। उहाँले आध्यवी ढुंगानालाई जन्मदिनको शुभकामना दिंदै उज्जवल भविष्य र शैक्षिक प्रगतिका लागि शुभेच्छा व्यक्त गर्नुभयो।

जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेपछि आध्यवी ढुंगानाले विद्यालयमा रहेका बालबालिकासँग खुशी साटासाट गर्नुभएको थियो ।


हाल उक्त विद्यालयमा ४१ जना बालबालिका अध्ययनरत छन्। विद्यालयले फरक क्षमता भएका बालबालिकाको शिक्षामा दीर्घकालीन योगदान दिँदै आएको छ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |