प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङ,१२ कार्तिक
नीलकण्ठ नगरपालिका खानेपानी,सरसफाई तथा स्वच्छता बोर्डको आयोजनामा आजबाट दुई दिने अभिमुखीकरण तथा N–WASH MIS तालिम सूरु भएको छ ।नीलकण्ठ नगरपालिका नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,शाखा प्रमुख,टोल विकास संस्था महासंघ,वडाका ईन्जिनिय लगायतको आतिथ्यता रहेको थियो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख भीम प्रसाद ढुंगानाले नीलकण्ठको खानेपानी,सरसफाई तथा स्वच्छता सम्बन्धी नयाँ ढंगले बोर्डले काम गर्ने बताउनुभयो । शुद्ध खानेपानी पिउन पाउनु नगरबासीहरुको अधिकार भएको भन्दै उहाँले खानेपानीको क्षेत्रमा ठुला योजनाहरु ल्याएर काम गरीरहेको बताउनुभयो । कार्यक्रममा कार्यकारी अध्यक्ष शिव प्रसाद प्रसाद अधिकारीले बोर्डको काम,कर्तव्य,अधिकारी सहित अल्पकालि,मध्यकालिन र दिर्घकालिन लक्ष्यहरुको विषयमा जानकारी गराउनु भएको थियो ।

तालिममा खानेपानी तथा ढल व्यवस्था विभागका बरिष्ठ ईञ्जिनीयर निरब बैद्य र ईञ्जिनीयर मिलन जोशीले सहजिकरण गर्नुभएको छ । निर्देशक तथा जनस्वास्थ्य निरिक्षक शिवरानाले सन्चालन गर्नुभएको तालिम भोली सम्म सन्चालन हुनेछ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |