नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ, असोज २६ गते ।
स्वर्णिम धादिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ११ प्रतिशत लाभांश घोषणा गर्दै सातौं वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न गरेको छ ।
२०७६ साल बैशाख १ गतेबाट औपचारिक कारोबार सुरु गरेको सहकारीले दोस्रो वर्षदेखि नियमित रूपमा १० प्रतिशत बोनस वितरण गर्दै आएको थियो । यस वर्ष लाभांश दर बढाएर ११ प्रतिशत पु¥याएको हो ।
हाल संस्थामा १ हजार ९१९ जना शेयर सदस्य रहेका छन्, जसमा करिब ५० प्रतिशत युवा सदस्य छन् । सहकारीको हालसम्मको पुँजी १२ करोड रुपैयाँभन्दा माथि पुगेको छ ।
अध्यक्ष अशोक कुमार बस्नेतको संयोजकत्वमा स्थापना भएको सहकारीले २०८० सालदेखि बार्षिक झण्डै ४ करोड रुपैयाँको कारोबार गर्दै आएको स्वर्णिम मिटमार्ट समेत सफलतापूर्वक सञ्चालन गरिरहेको छ ।
यस सहकारीले आर्थिक सशक्तीकरणका साथै युवालाई व्यवसायिक रूपमा प्रोत्साहित गर्ने विभिन्न योजना पनि अघि सारेको जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |