Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १८, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई

‘जेनजी’ प्रदर्शनका क्रममा दुर्लभ कछुवासमेत चोरी

५४६ पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन ९, बिहिबार (५ महिना अघि)
‘जेनजी’ प्रदर्शनका क्रममा दुर्लभ कछुवासमेत चोरी

झापा, ९ असोज

यहाँको अर्जुनधारा नगरपालिका–९ स्थित कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट दुर्लभ कछुवा चोरी भएको छ । सुखानी सहिद स्मृति प्रतिष्ठानको हाताभित्र रहेको केन्द्रमा दश प्रजातिका ६० वटा दुर्लभ कछुवालाई संरक्षण गरिएको थियो । गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा प्रतिष्ठानका विभिन्न संरचनामा आगजनी र तोडफोड हुँदा चारवटा कछुवा चोरी भएका हुन् । प्रदर्शनकारीले प्रतिष्ठानको मुख्य कार्यालयसहित पर्यटकीय पूर्वाधारमा आगजनी र तोडफोड गरेका थिए । आगजनी र तोडफोडबाट रु ७० लाख बराबरको क्षति भएको प्रतिष्ठानका व्यवस्थापक रुद्रमणि सुवेदीले बताउनुभयो । प्रतिष्ठानभित्रको कछुवा संरक्षण तथा प्रजनन केन्द्र पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बन्दै आएको छ । यहाँका नौका विहार, सहिद प्रतिमाको अवलोकन, झोलुङ्गे पुल र फाउन्टेन पार्क हेर्न र वनभोजका लागि पर्यटकहरू आउने गर्छन् ।

आन्दोलनकारीले प्रतिष्ठानको हाताभित्र रहेको कार्यालय, डुङ्गा र फाउन्टेन पार्कको प्यानल बोर्डमा आगजनी तथा प्रहरी चौकी, सहिद प्रतिमा र क्यान्टिनलगायत संरचनामा तोडफोड गरेको सुवेदीले जानकारी दिनुभयो । “केन्द्रमा रहेका सबै कछुवाको नियमित गणना हुन्छ”, उहाँले भन्नुभयो, “यसपटक गणना गर्दा चारवटा कछुवा चोरी भएको पाइयो ।” व्यवस्थापक सुवेदीले हाल क्षतिग्रस्त संरचनाको भग्नावशेष पन्छाएर असोज ११ गतेदेखि पर्यटकका लागि खुला गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । यहाँ अवलोकन र अनुसन्धानका लागि बर्सेनि करिब दुई लाख पर्यटक भित्रिने गरेका छन् । ‘जेनजी’ प्रदर्शनपछि यहाँ प्रवेश बन्द गरिएको छ । पर्यटकमा निर्भर प्रतिष्ठान हाताबाहिरका ५० भन्दा बढी पसल र रेस्टुरेन्ट पनि हाल सुनसान छन् । सन् २०१२ मा उभयचर वैज्ञानिक डा केआर खम्बुको प्रेरणामा यहाँ कछुवा संरक्षण केन्द्र स्थापना गरिएको थियो । देशभरका विभिन्न विश्वविद्यालयमा अध्ययनरत जीव विज्ञानका विद्यार्थीहरू अनुसन्धानका लागि केन्द्रमा आउने गरेका छन् । स्थानीय ग्रामीण तथा सिमसार क्षेत्रबाट उद्धार गरिएका कछुवालाई यहाँ ल्याएर संरक्षण गरिँदै आइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

  • “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

  • धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

  • समाचार
    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0