धादिङ, असोज २ गते ।
नीलकण्ठ नगरपालिका–८ स्थित रामकोट माध्यमिक विद्यालयको प्रांगणमा वृक्षारोपण गरिएको छ । नीलकण्ठ नगरस्तरीय बाल क्लबको आयोजनामा बाल दिवसरको अवसर पारेर विद्यालय परिसरमा फलफूलका विरुवा रोपिएका हो ।
बाल दिवसको दिन तय भएको कार्यक्रममा देशको राजनीतिक घट्ना क्रममा गर्न नसकिएको क्लबका अध्यक्ष तानिया परियारले जानकारी दिनुभयो।
बाल क्लबकी अध्यक्ष तानिया परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल प्रमुख आतिथ्य तथा डिभिजन वन कार्यालय धादिङका डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यको विशेष आतिथ्यता रहेका थियो ।
कार्यक्रममा सामाजिक विकास समितिकी संयोजक मन्जु थापा मगर, सामाजिक विकास शाखा प्रमुख उर्मिला थपलिया, विद्यालयका प्रधानाध्यापक प्रकाश श्रेष्ठसहित विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
विद्यार्थीलाई उत्पादनसँग जोड्न विद्यालय परिसरमा आँप, अनार, एभोगाडो र कागतीका विरुवा रोपिएको सामाजिक विकास शाखा प्रमुख उर्मिला थपलियाले बताउनुभयो ।
नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले रोपिएको बिरुवाको संरक्षण जोड दिन आग्रह गर्नुभयो । नगरपालिकालाई एक बर्षभित्रमा बालमैत्री स्थानीय सरकार बनाउने लक्ष्यको साथ बालबालिकाहरुको क्षेत्रमा काम भईरहेको बताउनुभयो।
डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यले जिल्लाभर अभियाननै बनाएर बृक्षारोपण गरीएको बताउनुभयो । यसले वातावरण संरक्षणसँगै बालबालिकामा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |