धादिङ, भदौ २९ ।
धादिङको नीलकण्ठ नगरपालिका–८ मुरली भञ्ज्याङमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
धादिङबेसीबाट सल्यानटारतर्फ जाँदै गरेको BAC ४०६३ नम्बरको स्करपियो र विपरीत दिशाबाट आउँदै गरेको बा ३२ प ८००८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
घाइते हुनेमा नीलकण्ठ–९ निगालपानीका ३९ वर्षीय राकेश खाती (मोटरसाइकल चालक) रहेका छन् । खातीकोे छातीमा गम्भीर चोट लागेको छ। त्यस्तै सोही मोटरसाइकलमा सवार ३५ वर्षीय कुमार बरायली घाइते भएका छन्। उनको अनुहार र दुवै खुट्टामा चोट लागेका छ । बराइलीको अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक हमालले जानकारी दिनुभयो ।
दुर्घटनामा परि घाइते भएका दुबै जनाको धादिङ अस्पतालमा उपचार भई रहेको छ ।
दुर्घटनामा संलग्न स्कारपियो चालक, काठमाडौं मुलपानीका ४८ वर्षीय राजेन्द्र फुयाललाई जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |