नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,२८ भाद्र
नयाँ सरकार गठन भएसँगै धादिङ सहित देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि धादिङबेसीमा लगाईको कर्फ्यू र निषेधाज्ञा हटेपछि अहिले बजार क्षेत्रको जनजीवन सामान्य बनेको छ । बजारका पसलहरु खुलेका छन् भने नागरिकहरु आ–आफ्नो काम काजमा व्यस्त बनेका छन् । धादिङका व्यवसायीहरु आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् ।शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ ।
भ्रष्टाचारविरुद्ध र सुशासन प्रवद्र्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ । आन्दोलनपछि धादिङबेसीको अवस्था प्रभावित बनेको थियो । कारागारका कैदीहरुले तोडफोड र आगजनी गरेपछि सेनाले गोली चलाउनका २ जनाको मृत्यु भएको थियो । केहि युवाहरुले जिल्ला स्थित एमाले पार्टी कार्यालयमा तोडफोड गरेका छन् भने ज्वालामुखी गाउँपालिका अध्यक्ष चड्ने सरकारी गाडीमा आगजानी गरेका थिए । नयाँ सरकार गठन भएसँगै अवस्था सामान्य बन्दै गईरहेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |