तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)ले अशक्त नागरिकहरुलाई घरमै गएर सेवा दिने वातावरण मिलाउनु भएको छ । वडा भित्र रहेका अशक्त,असहाय र अपांगता भएका नागरिकहरुको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्नको लागि घरमै गएर सेवा दिनु भएको हो । सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधी २०७७ को नियम ४ को उपनियम १ अनुसार प्रत्येक आर्थिक बर्षको भदौ मसान्त भित्र सम्पुर्ण लाभग्राहीहरुको परिचयपत्र नवीकरण गर्नुपर्ने भएकाले सोहि अनुसार टोलटोलमा गएर सेवा दिएको र टोलमा आउन नसक्ने सेवाग्राहीलाई घरमै गएर सेवा दिएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।

वडा कार्यलयले भाद्र १५ गते पुलबगैचा,पशुपति डाँडा,कुमाल गाउँमा गएर सेवा दिईएको वडा अध्यक्ष भण्डारीले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो । यसैगरी भाद्र १६ गते कुडुले र आपस्वारामा सेवा प्रदान गरीएको छ । वडा भित्रका कोहि नागरिकहरुले परिचय पत्र नविकरण छुट्न भएको भ ए वडा अध्यक्ष धर्मराज भण्डारीको फोन नम्बर ९८५१२००९७७ र वडा सचिव अन्जली श्रेष्ठको फोन नम्बर ९८४०००७२१२ मा सम्पर्क गर्न वडा कार्यालयले अनुरोध गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |