नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,९ भदौ ।
धादिङको नीलकण्ठ नगरपालिकामा खानेपानी,सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डका पदाधिकारीको सपथ ग्रहण आज सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाका नगर पमुख भीम प्रसाद ढुंगानाले बोर्डका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो । नीलकण्ठ गनरपालिकामा सरसफाई तथा खानेपानीलाई व्यवस्थापन गर्नको लागि बोर्ड गठन गरीएको हो । बोर्डको अध्यक्षमा सामाजिक व्यक्तित्व शिव प्रसाद अधिकारी नियुक्त हुनुभएको छ ।

बोर्डका सदस्यहरुमा कार्यपालिकाको निर्णय अनुसार वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, वडा नम्बर ८ का वडा अध्यक्ष एवं प्रवक्ता प्रकाश कुमार श्रेष्ठ,वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी, वडा नम्बर १४ का वडा अध्यक्ष नमराज दुवाडी रहनुभएको छ ।यसैगरी सदस्यहरुमा भगवती उप्रेती, कृष्ण प्रसाद कोइराला, मन्जु मगर, दयाराम लम्साल, राजाराम रिजाल निर्देशकमा शिव राना रहनुभएको छ ।

त्यस्तै, मनोनित सदस्यहरुमा विज्ञ सदस्य डा.कृष्णमान शाक्य, महिला सदस्य कोपिला खान ठकुरी, नमिता थापा अधिकारी तथा सदस्य राजकुमार श्रेष्ठ रहनुभएको छ । समारोहमा नगर प्रमुख भीम प्रसाद ढुंगानाले नीलकण्ठ नगरको समृद्धि र दिगो विकासका लागि खानेपानी र सरसफाइ महत्वपूर्ण आधार भएको भन्दै उहाँले सोहि अनुसार काम गर्नको लागि आग्रह गर्नुभयो । कार्यकारी समितिको पहिलो बैठक आजै सम्पन्न भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |