नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,१ भाद्र
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन कमजोर रहे पनि जलवाष्पयुक्त हावा भित्रिरहेको छ। देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रममा रहेको छ।हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, मधेस र बागमती प्रदेशको तराई र पहाडी भूभाग तथा बाँकी प्रदेशको पहाडी भूभागको केहि स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । मधेस प्रदेश लगायत कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभाग र बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू तथा तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |