Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १९, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

फोनिज धादिङद्धारा २६ औं स्थापना दिवसमा अन्तरक्रिया कार्यक्रम

५८२ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण २७, मंगलबार (६ महिना अघि)
फोनिज धादिङद्धारा २६ औं स्थापना दिवसमा अन्तरक्रिया कार्यक्रम

धादिङ, साउन २७ गते ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङले २६ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा मङ्गलबार धादिङबेसीमा “दिगो विकासमा पत्रकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।

फोनिज धादिङले नीलकण्ठ नगरपालिका वडा नम्बर १२ को सहयोगमा धादिङमा रहेका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रमको उद्घघाटन गर्दै नीलकण्ठ नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष धर्मराज भण्डारी (राजकुमार) ले पत्रकारहरू विकास र परिवर्तनको संवाहक रहेको बताउनुभएको छ ।

‘विश्वसनीय र तथ्यपरक पत्रकारिताको माध्यमबाट सामाजिक रुपान्तरणमा पत्रकारहरुको भूमिका अतुलनिय रहेको छ । राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता समाजको ऐना पनि हो’ उहाँले भन्नुभयोे । कार्यक्रमकै अवसरमा आफु वडा अध्यक्ष भएर आइसकेपछि नीलकण्ठ वडा नम्बर १२ मा सेवा प्रवाह चुस्त तथा सहज बनाएको उहाँले बताउनुभयो ।

नागरिकको चाहना र आवश्यकता अनुरुपनै काम गरेको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । सिमित श्रोत र साधनमा पनि देखिने खालका थुप्रै कामहरु भएका छन् । उहाँले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य, खानेपानी, विकास निर्माण लगायत हरेक क्षेत्रमा राम्रा कामहरु भएका छन् । वडाबासीको जीवनस्तर सुधार तथा समृद्धिका लागि तल्लिन रहेका छौं ।’

पत्रकारहरुकै कारण विकास तथा समृद्धिको क्षेत्रमा फड्को मारेका वडा अध्यक्ष भण्डारीले बताउनुभयो । तर अझै पनि पत्रकारहरुले थुप्रै खालका सवालहरु उठाइदिन उहाँले आग्रह गर्नुभयो ।

सांकोष तिप्लिङ सडक खण्ड राती तथा पानी परेको समयमा पिच गरेको आफैले देखेर पिच कमसल भएको बताउदा पनि नमानेको उदाहरण स्मरण गर्दै यस्ता क्षेत्रमा अझै दम्दारिलो साथ कलम चलाइदिने उहाँले आग्रह गर्दै दिगो विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो ।

त्यस्तै, फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले अनिजबाट फोनिज हुँदै २६ औं वर्षसम्म आइपुग्दाको यात्रा, उतारचढाव, फोनिजका मुद्धा, धादिङमा पत्रकारिताको इतिहास लगायतका विषयमा स्पष्ट पार्नुभयो । पत्रकारहरुलाई सक्षम बनाई पत्रकारितामा सिक्ने, टिक्ने र विक्ने वातारण बनाउन फोनिजले विभिन्न तालिम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

‘स्थापना दिवस फोनिजकर्मीहरुका लागि एउटा उत्सव पनि हो । यसले अन्य संघ संगठनहरुसँग सम्बन्ध विस्तारसँगै भावी रणनिति बनाउन पनि ठूलो सहयोग पुग्नेछ’ उहाँले भन्नुभयो ।

कार्यक्रममा सहभागी वक्ताहरूले पत्रकारितामा सत्य, निष्पक्षता र तथ्यको संरक्षणमार्फत समाजलाई दिगो विकासको बाटोमा अघि बढाउन सकिने धारणा राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

  • “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

  • समाचार
    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0