तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ, २५ साउन
दिवङ्गत आत्माको सम्झना र सामाजिक-राजनीतिक व्यङ्ग्यको अनुपम पर्व गाईजात्रा धादिङबेसीमा आज भव्यताको साथ मनाइएको छ। धादिङबेसी बीचबजार चोकबाट सुरु भएको जात्राले बजार परिक्रमा गरीएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा निकालिने परम्परागत सांस्कृतिक झाँकीहरूमा यस वर्ष पनि समसामयिक राजनीतिमाथि व्यंग्य गरिएको छ ।प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि आठ दिनसम्म मनाइने यो पर्वमा टोलटोलबाट निकालिएका झाँकीमा राजनीतिक व्यङ्ग्य प्रमुख आकर्षण बनेको थियो।जात्रामा दलका मुख्य नेताहरुको तस्बिर अंकित मुकुण्डो लगाईएको थियो ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तहरूको सम्झनामा मनाइने पर्व हो। आजका दिन मृतकका परिवारले गाई वा बालकलाई गाईको रूपमा सिँगारेर नगर परिक्रमा गराईएको छ । यसो गर्नाले मृतकको आत्माले गाईको पुच्छर समातेर वैतरणी नदी तर्छ भन्ने धार्मिक विश्वास छ। जात्रामा सहभागीहरूलाई श्रद्धालुले दूध, फलफूल, रोटी र अन्य सामग्री दान गर्ने परम्परा रहिआएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |