नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाआजाका लागि पवित्र तीर्थस्थल गोसाइँकुण्ड पुगेका तीर्थयात्री निलाद्री पर्वतबाट फर्केका छन् । सुरक्षाका लागि गोसाइँकुण्डमा बेसक्याम्प राखी बसेका प्रहरी निरीक्षक पन्नालाल यादवका अनुसार पूर्णिमा पर्वको दिन गोसाइँकुण्डमा स्नान गरेका करिब चार हजार भक्तजन आ–आफ्ना गन्तव्यतर्फ फर्किसकेका हुन् । आधाभन्दा बढी यात्री धुञ्चे पुगिसकेका जनाउँदै उहाँले आधाजसो भक्तजन चन्दनबारीको ओरालो झर्दै गरेका बताउनुभयो । मेला अवधिभर सुरक्षा व्यवस्थामा कडाइ गरिएको, कुनै बिबाद वा झगडा नभएको, कुण्ड स्नान गर्ने यात्रीलाई सहज बनाउनुका साथै परसम्म जानु नपर्ने व्यवस्था गरिएको, सुत्न नपाएको यात्रीलाई आरामका लागि व्यवस्था मिलाइएको, पवित्र तीर्थको वातावरण स्वच्छता राख्न कुण्ड वरिपरि सरसफाइ गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।
यस वर्षको नाग पञ्चमीदेखि जनैपूर्णिमासम्म करिब १० हजार भक्तजन गोसाइँकुण्ड पुगेका आकलन गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । उहाँका अनुसार यात्री बोकेर सात सय १५ सानाठूला चारपाङ्गे सवारी, चार सय वटा दुई पाङ्गे सवारीसाधन रसुवा प्रवेश गरेका छन् । सुरक्षा एवं उद्धारका क्षेत्रमा नेपाली सेना श्रीनाथ गण, सशस्त्र प्रहरी बल २० नम्बर गुल्म तथा नेपाल प्रहरीले र स्वास्थ्य उपचारका क्षेत्रमा गोसाइँकुण्ड गाउँपालिका, जिल्ला अस्पताल, जनस्वास्थ्य कार्यालय, नेपाली सेना, जिल्ला आयुर्वेदिक संस्था, हिमालय उद्धार सङ्घ, ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, नेकपा माओवादीको भातृ संस्था योङ कमिन्युष्ट लिगले उल्लेखनीय सहयोग पु¥याएका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । विभिन्न सङ्घसंस्था तथा सरोकार भएका निकायले मेला व्यवस्थापनमा प्रभावकारी सहजीकरण र समन्वय गरिदिनु भएकाले मेला पूर्णरूपमा सफल भएको समितिका अध्यक्ष डिएमले उल्लेख गर्नुभयो । तीर्थ आउँदा लेक लागि बिरामी परेका बिरामीमध्ये २० जनामा टाउँको र फोक्सोमा पानी जम्ने जटिल समस्या देखिएकाले सुरक्षाकर्मीको सहयोगमा सुविधायुक्त अस्पताल पठाइएको चिकित्सकले बताएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |