प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङबेशी । बेनीघाट रोराङ गाउँपालिकामा सञ्चालित विभिन्न सामुदायिक विद्यालयहरूले कक्षा १२ को परीक्षामा उत्साहजनक नतिजा हासिल गरेका छन् । २०८१ को नतिजा अनुसार शंखादेवी मावि, मझिमटारले ८९.७४% प्रतिशत बिद्यार्थी उत्तिर्ण गराउँदै आफुलाई अब्बल सावित गर्न सफल भएको हो । जुन नतिजा राष्ट्रिय प्रतिशत भन्दा माथि रहेको छ ।
७५ प्रतिशत चेपाङ समुदायका बालबालिका अध्ययन गर्ने उक्त बिद्यालयमा कक्षा ८ सम्म अग्रेजी माध्यमबाट पठन पाठन गर्ने गरिएको छ भने २०० जना आवासिय छात्राबासमा रहि अध्ययन गर्दै आएका छन् । ३९ जनाले कक्षा १२ को परिक्षा दिएकोमा हालसालै सार्वजनिक नतिजामा ३.६४ जि.पि.ए. सहित ३५ जना बिद्यार्थी पास गराउन बिद्यालय सफल भएको बिद्यालयका प्र.अ.तिलक बहादुर प्रजाले नीलकण्ठ एफ.एम.लाई जानकारी दिनु भयो । हाल शंखादेवी माविमा ५२५ जना बिद्यार्थी अध्ययनरत छन् ।
बेनिघाट रोराङ गाउँपालिकाभरिका ६ वटा विद्यालयहरूबाट कूल ३२३ जना विद्यार्थी यस बर्ष परीक्षामा सहभागी भएका थिए । तीमध्ये २२२ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यसैगरी ब्राइटफ्युचर मावि, मलेखु ले शतप्रतिशत उत्तीर्ण गराउन सफल भएको छ । ब्राइटफ्युचर बाट १० जना बिद्यार्थी परिक्षामा सहभागी भएका थिए ।
त्यसैगरी राष्ट्रिय मावि, खोरभञ्ज्याङले ७८.५७ प्रतिशत,बागेश्वरी मावि, रिचोकटार ७३.५३% प्रतिशत,पिपलभञ्ज्याङ मावि, तालीटीले ६४.७१ प्रतिशत र चन्द्रोदय मावि, विशालटारले ४१.१० प्रतिशत बिद्यार्थी पास गराउन सफल भएका छन् ।
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि बेनिघाट रोराङ गाउँपालिकाले र विद्यालयहरूले लगनशीलता पूर्वक काम गरिरहेको संकेत यस नतिजाले दिएको छ । यस्ता सकारात्मक उपलब्धिले आगामी दिनमा अझ सुधार र प्रेरणा पुग्ने अपेक्षा गरिएको छ । पालिकाको शैक्षिक प्रगतीको निमित्त बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण वहादुर थपलिया विवेक र शिक्षा युवा तथा खेलकुद शाखाको टिम अनवरत तरिकाले खट्दै आउनु भएको छ । पालिका अध्यक्ष कृष्ण बहादुर थपलियाले शैक्षिक सुधार बर्ष २०८१ ले सार्थकता पाएको अनुभुती भएको बताउनु भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |