Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ३०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा ईन्द्रबहादुर बानियाँ

३९५ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण २०, मंगलबार (५ महिना अघि)
बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा ईन्द्रबहादुर बानियाँ

धादिङ,२० साउन
नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मकवानपुरको तत्कालीन हर्नामाडी गाविस–४ दियावतीमा २०२७ साल भदौमा जन्मिनुभएका बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त हुनुभएको छ । यसअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा तामाङ प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको राजनीति गर्दै मूल पार्टीको राजनीतिमा होमिनुभएका बानियाँ नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति हुनुहुन्छ ।

विसं २०४४ मा राजनीतिमा प्रवेश गर्नुभएका बानियाँ २०५१ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिनुभएको थियो ।विसं २०५२ मा नेपाल विद्यार्थी सङ्घको जिल्ला सहसचिव हुँदै २०५५ सालमा तरुण दलको जिल्ला सचिव र २०५६ सालमा तरुण दलको जिल्ला सभापति हुनुभएको थियो । विसं २०५८ मा कांग्रेस मकवानपुरका जिल्ला कार्यसमिति सदस्य हुनुभएका बानियाँ २०७३ साल चैत १२ गते नेपाली कांग्रेस मकवानपुरको सभापतिमा निर्वाचित हुनुभएको थियो । विसं २०७८ मङ्सिरमा भएको कांग्रेस बागमती प्रदेश अधिवेशनबाट प्रदेश सभापतिमा बानियाँ निर्वाचित हुनुभएको थियो । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट निर्वाचित ५२ वर्षीय बानियाँ २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीमा नियुक्त भई काम गरिसक्नुभएको छ ।

विसं २०७४ मा मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका बानियाँ सर्वसम्मत कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुनिनुभएको थियो । विसं २०७९ को प्रदेशसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भए पनि उहाँ संसदीय दलका नेतामा बहादुरसिंह लामा तामाङसँग पराजित हुनुभएको थियो । यही साउन ९ गते संसदीय दलका नेता लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि संसदीय दलको नेताको पद रिक्त भएको थियो । रिक्त दलको नेता चयनका लागि साउन १४ गते भएको निर्वाचनमा २२ मत ल्याएर बानियाँ दलको नेतामा निर्वाचित हुनुभयो । लामाले १४ मत मात्र प्राप्त गर्नुभएका थियो भने एक मत बदर भएको थियो । बानियाँ दलको नेतामा निर्वाचित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएपछि उहाँ मुख्यमन्त्री नियुक्त हुनुभएको हो । राजनीतिसँगै सफल निर्माण व्यवसायीका रूपमा परिचित बानियाँ राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा एक विश्वासिलो व्यक्तिका रूपमा चिनिनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

  • सुनचाँदीको मूल्य आज पनि बढ्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

  • धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

  • धादिङको फ्याक्सेमा माघे सङ्क्रान्तिमा गोरु जुधाई मेला तथा सांस्कृतिक महोत्सव हुदै

    धादिङको फ्याक्सेमा माघे सङ्क्रान्तिमा गोरु जुधाई मेला तथा सांस्कृतिक महोत्सव हुदै

  • समाचार
    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    धादिङको फ्याक्सेमा माघे सङ्क्रान्तिमा गोरु जुधाई मेला तथा सांस्कृतिक महोत्सव हुदै

    धादिङको फ्याक्सेमा माघे सङ्क्रान्तिमा गोरु जुधाई मेला तथा सांस्कृतिक महोत्सव हुदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0