नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,१४ साउन
रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ लेन्दे खोलामा मित्र राष्ट्र चीनतर्फबाट असार २४ गतेकै जस्तो उच्च बहावमा पानी आएको कारण त्रिशुली नदिमा पानिको बहाब बढेको छ । बिहान २ः०० बजेदेखि बाढीको अवस्था देखिएको छ ।उक्त बाढी नुवाकोट जिल्लाको बिदुर नगरपालिका क्षेत्रमा बिहान करिव ४ बजे प्रवेश गरिसकेको छ । हाल त्रिशुली नदी हुँदै धादिङतर्फ बगिरहेको बाढीका कारण त्रिशुली नदि आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेको छ ।
स्थिति गम्भीर देखिएपछि नेपाल प्रहरी, ईलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक सुन्दर यादवको कमाण्डमा विभिन्न प्रहरी चौकीहरूबाट खटिएको ५६ जनाको टोली र सशस्त्र प्रहरी बल, नेपाल बिपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब निरीक्षक चुनचुन कुमार सिंहको कमाण्डमा ७ जनाको डिजास्टर म्यानेजमेन्ट टोली बिहान ४ः१५ बजे उद्धार सामग्रीसहित प्रभावित क्षेत्रमा खटाईएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।
बाढीको जोखिम बढ्दै गएको सूचनापछि त्रिशुली नदी किनार आसपास माइकिङ गरेर सचेतना फैलाउने कार्य भइरहेको छ भने सबै सुरक्षा निकायहरूलाई सक्रिय रूपमा परिचालन गरिएको घिमिरेल नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो।हाल नदी र खोलाको किनारमा नजान, जोखिमपूर्ण स्थानहरूमा जान नखोज्न र त्यस्ता स्थान देखिएमा सुरक्षा निकायलाई तत्काल जानकारी दिनुहुन अनुरोध गरिएको छ ।त्यस्तै, सवारी साधन सञ्चालन गर्दा विशेष सावधानी अपनाउन र प्रहरीद्वारा जारी सूचना अनुसारमात्र सवारी चलाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।
फोटोःरेडियो लाङटाङको फेसबुक पेजबाट साभार

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |