नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ, साउन १२ गते ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले काठमाडौंमा सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण शिविरबाट २६५ जनाले सेवा लिएका छन्।
शिविर साउन ९ र १० गते आन्तरिक राजश्व कार्यालय परिसर, कलंकीमा सञ्चालन गरिएको थियो। गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलका अनुसारस्थायी ठेगाना त्रिपुरासुन्दरी भए पनि हाल काठमाडौंमा बसोबास गरिरहेका लाभग्राहीलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको हो।
चालु आर्थिक वर्ष २०८२/८३ देखि अनिवार्य रूपमा बायोमेट्रिक प्रणालीमार्फत नविकरण गर्नुपर्ने भएकाले वर्षायामका कारण पालिका आफैँ पुग्न नसक्ने लाभग्राहीलाई मध्यनजर गर्दै पालिकाले यो पहल सुरु गरेको हो।
उपाध्यक्ष धरेलका अनुसार, काठमाडौंपछि चितवन र पोखरामा पनि यस्तै शिविर सञ्चालन हुने छ। चितवनको रत्ननगर नगरपालिका–२ को कार्यालय परिसर, टाँडीमा साउन १२ र १३ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म शिविर सञ्चालन हुनेछ।
त्यसैगरी, पोखरा महानगरपालिका–९ को कार्यालय परिसर, न्युरोडमा साउन १५ र १६ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण शिविर सञ्चालन गरिनेछ।
पालिकाले सबै लाभग्राहीहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई परिचयपत्र नविकरण गर्न अनुरोध गरेको छ। सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ४(४) अनुसार सबै लाभग्राहीले प्रत्येक वर्ष भदौ मसान्तभित्र परिचयपत्र नविकरण गर्नुपर्ने प्रावधान छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |