प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङ,६ साउन
नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टेमा गृहिणी महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले ढाका कपडा बुन्ने तान हस्तान्तरण गरिएको छ। गृहणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत बाग्मती प्रदेश सरकार तथा नीलकण्ठ नगरपालिकाको संयुक्त सहकार्यमामा ढाकाको तान हस्तान्तरण गरिएको हो।

खाल्टेमा सोमबार एक कार्यक्रमका बिच २१ जना गृिहणी महिलाहरूलाई तान हस्तान्तरण गरिएको हो। कार्यक्रम मनकामना ढाका उद्योगकी अध्यक्ष फुलमाया श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका वरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु प्रसाद रिजालको प्रमुख आतिथ्यता, वडा नं ५ का वडा सदस्य प्रेमबहादुर मगर, महिला विकास निरीक्षक निर्मला के.सी. लगायतको आतिथ्यता रहेको थियो।

प्रमुख अतिथि रिजालले महिलाहरूलाई आर्थिक तथा सामाजिक दृष्टिले सशक्त बनाउन यस्तो कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले उत्पादित ढाका सामग्रीको बजार सुनिश्चित गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।नगरपालिकाले खाल्टेका गृहिणी महिलाहरूले व्यवसाय दर्ता गराएको आधारमा समुहलाई एक लाख बीउ पुंजी समेत प्रदान गरेका छ ।नीलकण्ठ नगरपालिकाको चौध वडा मध्ये पाँच वटा वडामा संचालन भइरहेको यस कार्यक्रममार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउनुका साथै सामाजिक, आर्थिक तथा स्वास्थ्य सम्बन्धी विषयमा समेत जागरुक बनाउने उद्देश्य लिइएको नगरपालिकाले जानकारी दिएको छ। तलिमको प्राविधिक सहयोग रोयम नेपालले गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |