नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,३१ असार
विद्यालयलाई सहयोग गर्ने सौगात थपलियालाई सम्मान गरीएको छ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ नलाङस्थित नलाङ माध्यमिक विद्यालयलाई पोडियम र विद्यालयका ६५ जना विद्यार्थीहरुलाई पोशाक उपलब्ध गराएको भन्दै थपलियालाई एक कार्यक्रमका बिच सम्मान गरीएको हो ।धादिङ जिल्ला सिद्धलेक गाउँपालिका–१ पीपल नलाङ निवासी थपलियाले आफुले अध्ययन गरेको श्री नलाङ माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्मका गरिब तथा जेहेन्दार ६५ जना विद्यार्थीहरूलाई पोशाक (ट्रयाक–सुट) तथा कार्यक्रम सञ्चालनका लागि १ थान पोडियम सहयोग गर्नुभएको हो । थपलिया उक्त विद्यालयका पुर्व विद्यार्थी समेत रहनुभएको छ।

विद्यालयमा आयोजित विशेष समारोहमा प्रधानाध्यापक अर्जुन प्रसाद सिलवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनाथ सिलवाल, प्रमुख अतिथि सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सबिता अर्याल लगायतले कदरपत्र प्रदान गर्दै सामाजिक काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । थपलियाले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिईने बताउनु भएको थियो । आफुले बाल्यकालमा भोगेको समस्याहरु अहिले विद्यार्थीहरुले भोग्नु नपरोस भनेर सहयोग गरिएको नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |