धादिङ,२६ असार
नीलकण्ठ नगरपालिकाद्वारा सन्चालित सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तरगत आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ ।नीलकण्ठ नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय धादिङको हलमा सम्पन्न भएको कार्यक्रममा बैदेशिक रोजगारलाई सुरक्षित,भरपर्दो र मर्यादित बनाउने विषयमा छलफल भएको थियो ।
प्रमुख जिल्ला अधिकारी सुमन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय अधिकारी रामश्रय यादव,सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपाने,नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,उप अनुसन्धान निर्देशक हुमकान्त पाण्डे,प्रहरी नायव उपरिक्षक(डिएसपी)सुवास हमाल,नीलकण्ठ नगरपालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्याय,हेल्भेटास नेपालका कार्यक्रम अधिकृत भोजराज सुनुवार लगायतको सहभागिता रहेको थियो ।कार्यक्रममा (सामी) कार्यक्रम संयोजक तथा अधिवक्ता दिनेश दुवाडीले सामी कार्यक्रमले यस आर्थिक बर्षमा सन्चालन गरेको कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रम संयोजक दुवाडीले जिल्ला प्रशासन कार्यालयसँगै रहेको आप्रवासी सूचना तथा स्रोत केन्द्रबाट वैदेशिक रोजगारी सम्बन्धी परामर्श, वैदेशिक रोजगारीको सिलसिलामा ठगिएकाहरूलाई निःशुल्क कानुनी सेवाको लागि सहजीकरण, वैदेशिक रोजगारीमा रहँदा अङ्गभङ्ग भएका, मृत्यु भएकाहरूलाई क्षतिपूर्तिको लागि पहल गरिदिने, शव नेपाल ल्याउन सहजीकरण गर्ने विप्रेषणलाई आयमूलक क्षेत्रमा खर्च गर्न वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्नेलगायतको काम भइरहेको जानकारी दिनुभयो ।
त्यस्तैगरी, वैदेशिक रोजगारीकै कारण सिर्जित मनोसामाजिक समस्या भएकालाई परामर्श सेवा पनि दिइरहेको बताउनुभयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सामी कार्यक्रमले राम्रो काम गरेको भन्दै वित्तिय साक्षरता कक्षा र मनोसामाजिक परामर्श कार्यक्रमलाई थप प्रभावकारी बनाएर अगाडी बढाउनको लागि आग्रह गर्नुभयो ।बैदेशिक रोजगारलाई थप मर्यादित,सुरक्षित बनाउको लागि सरोकारवाला निकायबिच समन्वय र सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |