तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ, १५असार । नीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको विभिन्न व्यावसायिक सीपमूलक तालिमहरूको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। उपमेयर दिपक बिश्वकर्माको अध्यक्षता र मेयर भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, वडा नं–८ का अध्यक्ष एवं नगर प्रवक्ता प्रकाश कुमार श्रेष्ठ, सामाजिक विकास संयोजक मञ्जु थापा मगर लगायतको उपस्थिति रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै मेयर ढुंगानाले सीप सिकेर स्वदेशमै रोजगार सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो। विदेशिने प्रवृत्तिमा कमी ल्याउँदै बेरोजगारी न्यूनीकरणमा यस्ता तालिम प्रभावकारी हुने उहाँको भनाइ थियो।
उपमेयर बिश्वकर्माले श्रम बजारमा देखिएको बेरोजगारी र दक्ष जनशक्तिको अभावलाई यस्ता तालिमले सम्बोधन गर्न सक्ने बताउनुभयो। सिकिएको सीपलाई स्वदेशमै प्रयोग गर्न र वैदेशिक रोजगारीमा समेत उपयोगी हुने गरी उपयोग गर्न उहाँले आग्रह गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत सुवेदीले तालिमको समापनलाई व्यवहारिक सुरुवातको रूपमा लिनुपर्नेमा जोड दिनुभयो। उहाँले सिकिएको सीपलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आजैदेखि लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा २० जनाले बारिस्ता तालिम, १५ जनाले कूक तालिम, २० जनाले हलुका सवारी चालक तालिम, २० जनाले वेटर तालिम तथा ४० जनाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत डकर्मी तालिमको प्रमाणपत्र प्राप्त गरेका छन्।
नगरपालिकाका रोजगार संयोजक अर्जुन कुमार श्रेष्ठका अनुसार यसअघि पनि विभिन्न तालिमहरूमा ६५० जनाले सहभागिता जनाइसकेका छन्।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |