तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ, १४ असार । नीलकण्ठ नगरपालिकाको आयोजनामा सञ्चालित दुईदिने “कर्मचारी क्षमता विकास तालिम“ सम्पन्न भएको छ । असार १३ र १४ गते संचालित तालिमले जनसेवा प्रभावकारी, छरितो र जनमैत्री बनाउन निर्देशन र मार्गदर्शन गरेकोे छ ।
तालिम समापन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख भीम प्रसाद ढुंगानाले जनताको काम छिटोछरितो र सम्मानपूर्वक सेवा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयोे, “हुनसक्ने कामलाई तत्काल टुंगो लगाउनुहोस्, नसकिए स्पष्ट कागजातको जानकारी दिनुहोस् । सेवाग्राही अप्ठ्यारोमा नपरोस् भन्ने हाम्रो प्राथमिकता हुनुपर्छ ।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुबेदीले कानुनबमोजिम आएका सेवाग्राहीका काम तत्काल सम्पन्न गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले सम्मानजनक सेवा प्रवाहमा सुधार ल्याउँदै आएको उल्लेख गर्नुभयो ।
तालिममा नेपाल सरकारका पूर्व सचिव डा. दामोदर रेग्मी र प्रशिक्षक रामहरि खत्रीले सहजीकरण गर्नुभएको थियो । नगरपालिकाले यस किसिमका तालिमहरू नियमितरूपमा सञ्चालन गरी कर्मचारीहरुको क्षमता अभिवृद्धि गरि सेवा गुणस्तरमा निरन्तर सुधार गर्ने प्रतिबद्धता जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |