प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङ, १४ असार । नीलकण्ठ नगरपालिकाको आयोजनामा सञ्चालित दुईदिने “कर्मचारी क्षमता विकास तालिम“ सम्पन्न भएको छ । असार १३ र १४ गते संचालित तालिमले जनसेवा प्रभावकारी, छरितो र जनमैत्री बनाउन निर्देशन र मार्गदर्शन गरेकोे छ ।
तालिम समापन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख भीम प्रसाद ढुंगानाले जनताको काम छिटोछरितो र सम्मानपूर्वक सेवा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयोे, “हुनसक्ने कामलाई तत्काल टुंगो लगाउनुहोस्, नसकिए स्पष्ट कागजातको जानकारी दिनुहोस् । सेवाग्राही अप्ठ्यारोमा नपरोस् भन्ने हाम्रो प्राथमिकता हुनुपर्छ ।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुबेदीले कानुनबमोजिम आएका सेवाग्राहीका काम तत्काल सम्पन्न गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले सम्मानजनक सेवा प्रवाहमा सुधार ल्याउँदै आएको उल्लेख गर्नुभयो ।
तालिममा नेपाल सरकारका पूर्व सचिव डा. दामोदर रेग्मी र प्रशिक्षक रामहरि खत्रीले सहजीकरण गर्नुभएको थियो । नगरपालिकाले यस किसिमका तालिमहरू नियमितरूपमा सञ्चालन गरी कर्मचारीहरुको क्षमता अभिवृद्धि गरि सेवा गुणस्तरमा निरन्तर सुधार गर्ने प्रतिबद्धता जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |