नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,१२ असार
धादिङको नेत्रावती डबजोङ गाउँपालिकामामा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न भएको छ।महिला तथा बालबालिकासँग उपाध्यक्ष कार्यक्रम अन्तरगत वडा स्तरमा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न भएको हो ।नेत्रावती डबजोङ गाउँपालिकाको वडा नं. १, ३, ४ र ५ का महिलाहरुलाई लक्षित गर्दै एक दिने मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा महिलाहरूमा देखिने मनोसामाजिक समस्याहरू, आत्मबल वृद्धि गर्ने उपाय, सकारात्मक सोच विकास, भावनात्मक समस्या कसरी कम गर्ने, तनाव व्यवस्थापनका तरिकाहरू तथा मन, शरीर र आत्माको सम्बन्धबारे मनोपरामर्शकर्ता रामकुमार थापाले सहजीकरण गर्नुभएको थियो।कार्यक्रमले महिलाहरूको मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउनुका साथै व्यवहारिक उपायहरूमार्फत समस्या समाधान गर्न प्रेरित गर्ने नेत्रावती डबजोङ गाउँपालिकाका उपाध्यक्ष सीता चोदेनले बताउनुभयो। गाउँपालिकाका अध्यक्ष मेधनाथ रिजालले गाउँपालिकाले महिला,बालबालिका,दलित तथा अपाङ्गता भएकाहरुको क्षेत्रमा काम गरीरहेको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष सीता चोदेनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मेधनाथ रिजालको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा अध्यक्षहरु,कार्यापालिका सदस्यहरु,शाखा प्रमुख लगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रमबाट ५ सय भन्दा बढी महिलाहरु लाभान्वित भएका छन् ।सहभागीहरुले यस्तो कार्यक्रमहरु आगामी दिनमा पनि सन्चालन गर्नको लागि आग्रह गर्नुभएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |