प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङ,०९ असार ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइबार आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पालिका अध्यक्ष राजु उप्रेतीले र बजेट उपाध्यक्ष देवराज धरेलले सार्वजनिक गर्नुभएको हो ।
गाउँअधिवेशनमा उपाध्यक्ष धरेलले प्रस्तुत गरेको आर्थिक वर्षको बजेट ६४ करोड ९० लाख रुपैयाँ सर्वसम्मतले पारित समेत भएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको जानकारी गराउनुभयो । उहाँका अनुसार आगामी वर्षभित्र सबै वडा कार्यालयसम्म सडक कालोपत्रे गर्ने लक्ष्य लिइएको छ।
कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै प्राङ्गारिक मल, मौरीपालन, माटो परीक्षण, मास उत्पादन तथा कृषि एम्बुलेन्स सञ्चालनको योजना समेटिएको छ । त्यसैगरी ‘एक विद्यालय, एक करेसाबारी’ र ‘दिवा खाजामा रैथाने बाली’ अभियान अघि बढाइने छ।
गाउँपालिकाको बजेटबाट माध्यमिक शिक्षा निशुल्क कार्यक्रमलाई निरन्तरता दिइनेछ भने स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि ५ करोड ८० हजार रुपैयाँ छुट्याइएको छ । जिविकोपार्जन कार्यक्रमका लागि ५५ लाख २२ हजार, खेलकुद क्षेत्रमा २५ लाख, पूर्वाधार विकासमा २५ करोड ६७ लाख, प्रत्येक वडाका लागि ४० लाख र विपद् व्यवस्थापन कोषमा ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |