प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङबेशी,८ असार । आधारभूत तह (कक्षा १ देखि ५) का नवप्रवेशी शिक्षकलाई लक्षित गरी तीनदिने सेवा प्रवेश सम्बन्धी तालिम धादिङमा सुरु भएको छ। तालिम शिक्षा विकास तथा समन्वय इकाइ धादिङको आयोजनामा आइतबारदेखि सञ्चालन गरिएको हो।
तालिममा शैक्षिक सामग्रीको प्रयोग, शिक्षण सहजीकरण प्रक्रिया, शिक्षकको पेशागत विकास, सेवा सुविधा र सर्तहरू, एकीकृत पाठ्यक्रम, विद्यार्थी मूल्यांकन, शैक्षिक योजना, प्रश्न निर्माण र विश्लेषण तथा योग सम्बन्धी विविध पक्षमा सहभागीलाइ जानकारी दिइँदैछ।
तालिममा ३८ जना नव नियुक्त शिक्षकको सहभागिता रहेको छ भने यसअघि प्रथम चरणमा ३२ जनाले तालिम लिएर अध्यापन गरिरहेका छन्।
कार्यक्रमलाई शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल शर्मा सुवेदी, जाइकाको जिल्ला संयोजक नवराज पाठक, नीलकण्ठ माविका शिक्षक नारायण खत्री र दीपेन्द्र रिजाल, शंखदेवी माविका प्रधानाध्यापक नित्यानन्द सुवेदी र नीलकण्ठ नगरपालिका शिक्षा शाखा प्रमुख प्रकाशदत्त भट्टले सहजीकरण गर्नुहुनेछ ।
शिक्षकको व्यावसायिक क्षमता र शिक्षण सिकाइको गुणस्तर वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमले विद्यालय शिक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |