प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङ,०५ असार ।
नेपाल स्काउटको ७४औं स्थापना दिवसको अवसरमा किबो स्काउट ट्रूपले सन्देशमूलक नाटक तथा नृत्य प्रस्तुत गरेको छ । विद्यालय स्काउट संरक्षक एवम् प्रिन्सिपल आदरणीय प्रयास रेग्मीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
विसं २०६५ सालदेखि निरन्तर रूपमा क्रियाशील किवो स्काउट ट्रूपका स्काउटरहरूले सन्देशमूलक नाटक तथा नृत्य प्रस्तुत गरी कार्यक्रमको शोभा बढाएका थिए।
कार्यक्रममा विद्यालयका स्काउट मास्टर एवम् संयोजक सिताराम महतले स्काउटले गर्ने सेवामूलक कार्यहरूको बारेमा प्रकाश पार्दै, अनुशासन, नेतृत्व, सामाजिक उत्तरदायित्व जस्ता मूल्यहरूमा स्काउटरहरू संलग्न रहने बताए।
त्यस्तै, स्काउट मास्टर तथा खेलकुद शिक्षक विनोद थापा मगरले किवो स्काउट ट्रूपले समय–समयमा पीडित तथा आपतविपतमा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएको र विद्यार्थीहरू सधैं सेवाभावमा तत्पर रहेको जानकारी गराए।
कार्यक्रममा स्काउट विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |