प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
धादिङबेशी । जनस्वास्थ्य कार्यालय धादिङले निक साइमन्स अवार्ड ढोला स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरिक्षक रविन थापालाई सम्मान गरेको छ । थापाले आ.व २०८०/०८१ मा जिल्ला भरीमा MSS मा उत्कृष्ठ नतिजा हासिल गर्नु भएको थियो ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र निक साइमन्स इन्स्टिच्युटको मूल्याङ्कनमा नेपाल भरीमा प्रथम भई निक साइमन्स अवार्ड बाट सम्मानित हुनु भएकोले शुक्रबार धादिङबेशीमा एक कार्यक्रमको आयोजना गरि जनस्वास्थ्य कार्यालयले समेत सम्मान गरिएको जनस्वास्थ्य कार्यालय धादिङका निमित्त कार्यालय प्रमुख विभु कुमार झाले बताउनु भयो ।
बधाई तथा सम्मान कार्यक्रममा धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा.गगन कुमार अधिकारी, आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका कार्यालय प्रमुख अमुल्य दाहाल, ज्वालामुखि गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख श्री सुजन श्रेष्ठ, सिद्धलेक गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख शंकर बाबु दुवाडी लगाएतको उपस्थिति रहेको थियो ।
ग्रामीण क्षेत्रमा रहेर उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरे बापत थापालाई निक साइमन्स इन्स्टिच्युटले सम्मान गरेको थियो । थापालाई १३ औँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनको उदघाटन समारोहमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले उक्त अवार्ड प्रदान गर्नु भएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |