प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
धादिङ,१८ फागुन
आयोजक धादिङ फुटबल क्लबलाई हराउदै प्रथम सुमन स्मृति कपको उपाधि मित्र युवा क्लब(एम.वाई.सी.)ले जितेको छ । शनिवार सम्पन्न भएको फाईनल खेलमा धादिङ फुटबल क्लव (डि.एफ.सी.)लाई २–० गोल अन्तरले पराजित गर्दै एम.वाई.सी.ले उपाधि रक्षा गरेको हो । फाईनलमा पराजय भोगेको धादिङ युवा क्लब भने उप बिजेतामा चित्त बुझाएको छ । उपाधि विजेता एम.वाई.सी. क्लवका खेलाडीलाई एक लाख ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै उपविजेता डि.एफ.सी.लाई ७५ हजार र तृतिय हुने शिवदल गण र सेभेन हर्सका खेलाडीलाई २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक एम.वाई.सी.का सञ्जय सापकोटा ‘मित्र’, उत्कृष्ट खेलाडी एम.वाई.सी.का अनिल राना मगर, उत्कृष्ट गोल किपपर एम.वाई.सी.का सफल खत्री, उच्च गोलकर्ता शिवदल गणका सरोज श्रेष्ठ र उदयमान खेलाडी डि.एफ.सी.का समिर गु्रुङलाई नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न गरिएको हो । समापन समारोहलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख भीम प्रसाद ढुंगानाले नगरपालिकाले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट बिनियोजन गरीरहेको बताउनुभयो । खेल मैदान निर्माणको लागि नगरपालिकाले बजेट बिनियोजन गरेर छेकबारको काम सम्पन्न भएको भन्दै प्याराफिट निर्माणको चरणमा रहेको बताउनुभयो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |