तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,१२ फागुन
नीलकण्ठ नगरपालिकाले शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रम गरेको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा विषयगत शैक्षिक सामाग्री प्रदर्शनी गरेको हो ।नगरपालिकाको वार्षिक कार्यक्रम अन्तरगत बालबालिकाहरूको क्षमतालाई उजागर गर्दै सामाजिक, गणित, विज्ञान, र शिक्षा लगायतका क्षेत्रमा रचनात्मकता र सीपको प्रदर्शनी गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख प्रकाश दत्त भट्टले बताउनुभयो ।

शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भट्टले भन्नुभयो, “हामीले राष्ट्रिय शिक्षा नीति अनुरूप विद्यालयका प्रयासलाई प्रदर्शनीका माध्यमबाट सार्वजनिक गरेका छौं, जसले विद्यार्थिहरू र शिक्षकहरूको वर्षभरिका मेहनतलाई उजागर गर्दछ।”विषयगत शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रम बागमती प्रदेशका खेलकुद तथा युवा मन्त्री मीन कृष्ण महर्जन, नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगाना,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, नगरपालिकाका सल्लाहकार दिपक कोइराला, नेपाल नगर संघका सल्लाहकार सरोज अधिकारी लगायतले अवलोकन गर्नुभएको थियो ।उहाँहरुले बालबालिकालाई उत्साहित गर्दै, यस प्रकारका कार्यक्रमहरूको महत्वमा जोड दिनुभएको छ । नीलकण्ठ नगरपालिका भित्रका माध्यामिक विद्यालय तथा आधारभुत विद्यालयका विद्यार्थीहरुले नेपाली, अङ्ग्रेजी, गणित, र विज्ञान जस्ता विभिन्न विषयका शैक्षिक सामग्रीहरूको प्रदर्शन गरेका थिए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |