धादिङ,६ फागुन
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ पौवामा एक दिने मनोविमर्श तथा जीवन निर्वाह सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाको आयोजनामा सम्पन्न भएको तालिममा १ सय २० जना महिलाहरुको सहभागिता रहेको थियो । लैंगिक हिंसामा परेका तथा विपन्न महिलाहरुको लागि आयोजना गरिएको कार्यक्रममा महिला विकास शाखाका शाखा प्रमुख उर्मीला थपलिया,मनोविमर्शकता रामकुमार थापा र वित्तीय साक्षरता सहजकर्ता सरस्वती लम्सालले विषयबस्तु माथि सहिजकरण गर्नुभएको थियो ।
वडा नम्बर ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्यहरु, महिला विकास शाखाका शाखा प्रमुख उर्मीला थपलिया, महिला विकास निरिक्षक निर्मला केसी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी पुरुषोत्तम सुवेदीले नीलकण्ठ नगरपालिकाले महिलाको शसक्तिकरणको लागि विभिन्न कार्यक्रम सन्चालन गरीरहेको बताउनुभयो ।
महिलाहरुलाई सचेतना गराउदै आयआर्जनमा जोड दिनको लागि मनोविमर्श र वित्तीय साक्षरता तथा उशमशीलता सम्बन्धी तालिम सन्चालन गरीएको बताउनुभयो । यसैगरी कार्यक्रममा वडा अध्यक्ष हरि बहादुर श्रेष्ठले वडा भित्रका नागरिकहरुको क्षमता अभिबृद्धि गर्ने र मानशिक रोग सम्बन्धी सचेतना गराई उद्यमशीलतामा जोड्नको लागि कार्यक्रमको आयोजना गरीएको बताउनुभयो । कार्यक्रममा महिला विकास शाखा प्रमुख उर्मीला थपलियाले लंैगिक हिंसा के हो ? हिंसाको प्रकार,कानुनी उपचार तथा नगरपालिकाले गर्ने कामको विषयमा सहजिकरण गर्नुभएको थियो ।
यसैगरी मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले मन भनेको के हो ? मन र समाज बिचको सम्बन्ध,तनाव व्यवस्थापन कसरी गर्ने,आत्महत्याको खतरालाई कसरी चिन्ने र सकारात्मक सोच कसरी अभिबृद्धि गर्ने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो । यसैगरी वित्तीय साक्षरता सहजकर्ता सरस्वती लम्सालले वित्तीय साक्षरता भनेको के हो ? सम्पन्नताको खुट्कीला कसरी चढ्ने,आम्दानीको स्रोतको पहिचाहन कसरी गर्ने,खर्च कटौतीको तरिका,व्यवसाय छनौट,लघु उद्यम र बचत गर्ने बानी कसरी बसाल्ने लगायतको विषयमा सहजिकरण गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |