प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
धादिङ,१२ माघ
महिलाहरुमा हुने पाठेघरको क्यान्सर रोक्नको लागि नीलकण्ठ नगरपालिमा एच.पि.भि खोप अभियान सन्चालन गरिने भएको छ । एच.पि.भि खोपको अन्तिम तयारी तथा त्यसको ब्यवस्थापनका बारेमा सरोकारवाला निकायसँग शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरीएको छ । नीलकण्ठ नगरपालिकामा माघ २२ गतेदेखी २६ गते सम्म खोप अभियान सन्चालन गरिने बरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु रिजालले जानकारी दिनुभयो । नीलकण्ठ नगरपालिकाको १४ वटै वडाका ५७ खोप केन्द्रबाट खोप अभियान सन्चालन गरीने जनस्वास्थ्य अधिकृत शिव रानाले जानकारी दिनुभयो ।

कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई एचपिभि खोप लगाईने निर्णय गरिएको छ ।सरोकारवालाहरूलाई एचपिभि खोप अभियानको महत्व, कार्यान्वयन प्रक्रिया, खोपको प्रभावकारिता, र अभियानलाई सफल बनाउन सामुदायिक सहयोग, समन्वय, तथा सञ्चालनका उपायहरूका बारेमा नीलकण्ठ नगरपालिकाका वरिष्ठ जनस्वाथ्य अधिकृत स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले जानकारी गराउनुभयो । खोप अभियानलाई सफल बनाउन सबै पक्षहरूको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ । खोप अभियानमा बालिकाको सहभागिता सुनिश्चित गर्न नीलकण्ठ नगरपालिकाले विशेष पहल गर्ने जनाएको छ।

नीलकण्ठ नगरपालिकाको ३८ वटा विद्यालय र १९ वटा स्वास्थ्य संस्थाबाट खोप अभियान सन्चालन गरिने नगरपालिकाले जनाएको छ । यसैगरी कक्षा ६ देखी १० सम्मका ३ हजार २७ जना बालिका र विद्यालय नजाने १० देखी १४ बर्षका १९६ जना बालिका गरी ३ हजार २ सय २३ जना बालिकालाई खोप लगाईने लक्ष्य राखिएको छ। खोप अभियान अवधिभर ३० जना खोप कार्यकर्ता र ७६ जना स्वयंसेवक खटाइने नगरपालिकाले जनाएको छ । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगाना,नगर उपप्रमुख दीपक विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी, वरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु रिजाल, नगर प्रवक्त तथा वडा नं ८ का अध्यक्ष प्रकाश श्रेष्ठ, वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु,नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |