प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
धादिङबेशी । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर धादिङको अध्यक्षमा निर तामाङमा निर्वाचित हुनुभएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ नीलकण्ठ पार्कमा सम्पन्न भएको चौथो सम्मेलनले तामाङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
नयाँ कार्य समितिको महिला उपाध्यक्षमा दीपा लम्साल,खुल्ला उपाध्यक्षमा सन्दिप स्याम्चेन, सचिवमा विक्रम अधिकारी,खुल्ला सह–सचिवमा सन्तोष परियार,सामावेसी सह–सचिवमा प्रेम नेपाली,कोषाध्यक्षमा गजेन्द्र गुरुङ निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा रचना श्रेष्ठ,रविना विक,दिनेश लाल श्रेष्ठ र सन्तोष सुवेदी निर्वाचित हुनुभएको छ । प्रेस सेन्टरका निर्वतमान अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको चौथो सम्मेलनमा प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु प्रसाद सापकोटा (जुगल) को प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा माओवादी केन्द्र धादिङका ईन्चार्ज पुष्प विक्रम मल्ल,निर्वतमान मुख्यमन्त्री तथा केन्द्रिय सदस्य शालिकराम जम्मकट्टेल, केन्द्रिय सदस्य राम बहादुर भण्डारी,प्रदेश सह–सचिवमा बिजय बुर्लाकोटी, जिल्ला संयोजक मनराज भण्डारी, नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक बिश्वकर्मा,नेपाल पत्रकार महासंघ धादिङ शाखाका सभापति सिताराम अधिकारी, लगायतको आतिथ्यता रहेको थियो ।
सम्मेलनको अवसर पारेर प्रेस सेन्टर धादिङले सेन्टरको तर्फबाट पत्रकार महासंघमा कोषाध्यक्ष पदमा निर्वाचित बद्री अधिकारी,जनप्रतिनिधिमा निर्वाचित रमेश प्रसाद आचार्य, रविज्वाला क्रियाशिल पत्रकारिता पुरस्कारबाट नारायण सिलवाललाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |