प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
बुङचुङ । धादिङको सिद्धलेक गाउँपालिकामा कुकुर बन्ध्याकरण शिबिर सम्पन्न भएको छ । यहि पौष २२ र २३ गते संचालन भएको कुकुर बन्ध्याकरण कार्यक्रममा १२७ वटा कुकुरको बन्ध्याकरण गरि यस पटकको शिविर सम्पन्न भएको हो ।
२२ गते सिद्धलेक गाउँपालिका बुङचुङमा भएको शिविरमा ६४ वटा र २३ गते सिद्धलेक–३ ईटपानीमा रहेको शिविरमा ६३ वटा कुकुरको बन्ध्याकरण गरिएको थियो ।
शिविरमा ५८ भाले कुकुर र ६९ पोधी कुकुर तथा २८ वटा घरपालुवा कुकुर र ९९ वटा सामुदायीक कुकुरको बन्ध्याकरण गरिएको छ । यस पटक समेट्न नसकिएको ठाउँमा अर्कोपटक प्राथमिकताका साथ शिविर तथा कार्यक्रम संचालन गरिने सिद्धलेक गाउँपालिकाका पशुशाखा प्रमुख डा. चक्र वलीले निलकण्ठ एफ.एम.लाई बताउनु भयो ।
शिविरमा सामुदायिक कुकुरहरुलाई निशुल्क रेविज बिरुद्धको सुरु समेत लगाईएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |