तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,१४ पुस
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ चक्रदेवी टोलमा मगर पुरोहित(वापा मापा) र सालैजु कौह्रा नाँच तालिम सन्चालन हुने भएको छ । यहि पुष २२ गतेदेखी हुने तालिम सन्चालनको लागि फाराम खुलिसकेको नेपाल मगर संघ ज्वालामुखी गाउँ ईकाका अध्यक्ष कुल बहादुर झ्यारी मगरले जानकारी दिनुभएको छ।नेपाल मगर संघ ज्वालामुखी गाउँपालिकाको आयोजना र नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङको सह आयोजनामा सन्चालन हुने तालिममा ज्वालामुखी गाउँपालिका र नेपाल मगर बौद्ध सेवा समाज जिल्ला कार्य समिति धादिङको प्राविधिक सहयोग रहेको छ ।
२२ गतेदेखी सुरु हुने तालिमको लागि २१ जना मगर पुरोहित र २४ जना सालैजु कौह्रा नाँचको लागि कोटा निर्धारण गरीएको छ ।मगर जातिको भाषा,संस्कृति,परम्परालाई जीवन्त राख्नको लागि तालिमको आयोजना गरीएको नेपाल मगर संघ ज्वालामुखी गाउँ ईकाका अध्यक्ष कुल बहादुर झ्यारी मगरले जानकारी दिनुभयो । तालिम समापन सँगै माघे संक्रान्तिको अवसरमा मगर जातिको संस्कृति झल्कने खानाका परिकारहरु पाईनुको साथै उक्त दिन सांस्कृतिक कार्यक्रम पनि हुने आयोजकले जानकारी दिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |