प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
धादिङ,११ पुस
नेपाल नगरपालिका संघले वैज्ञानीक ढंगबाट मुल्याङ्कन प्रणालीको विकास गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बिहिबार काठमाडौंमा स्थानिय सरकारका मुल्याङ्कन प्रणालीहरू LISA,FRA /LED लाई एकिकृत गर्ने बारे संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको राष्ट्रिय कार्यशालामा बोल्दै संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले तीन वटा प्रणालीलाई एकिकृत गर्ने विषय सकारात्मक भए पनि मुल्याङ्कन विधि स्थानिय शासन मुताबिक हुनुपर्ने बताउनु भयो ।

उहाँले स्थानिय शासन व्यवस्था, भौतिक पूर्वाधारको अवस्था, सामाजिक आवश्यकता र दायित्व, विपद् व्यवस्थापन तथा पर्यावरण ठाउँ अनुसार फरक हुने भएकाले सबैलाई हुने गरि र जनतामैत्री शासन संचालन गर्न प्रेरीत गर्ने खालको मुल्याङ्कन विधि आवश्यक छ भन्नुभयो ।संघिय मामिला मन्त्रालयका सचिव भरतमणी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका संघका पदाधिकारी, कार्यकारी निर्देशक, मन्त्रालयका सहसचिवहरू, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष तथा पदाधिकारी र दर्जन बढी नगर तथा गाउँ पालिकाका प्रमुख तथा अध्यक्षको सहभागिता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |