प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,२० मंसिर
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वृहत राष्ट्रव्यापी सदस्यता अभियान सुरु भएको छ। “एक सङ्कल्प राष्ट्रका लागि” भन्ने मूल ध्येयका साथ अभियान सुरु भएको हो र मंसिर १५ देखिसुरु भएको अभियान मंसिर ३० गते सम्म अभियान चल्नेछ।करिब ३ दशक अगाडि स्थापना भएको विद्यार्थी परिषदले हरेक वर्ष आफ्नो सदस्यता अभियान संचालन गर्दै आएको छ।

देशव्यापी रुपमा सुरु भएको सदस्यता अभियान धादिङ्गमा पनि सुरु गरिएको प्राज्ञिक विद्यार्थी परिषद् बागमती प्रदेशा सदस्य एवं जिल्ला संयोजक दिवाकर लम्सालले जानकारी दिनुभयो । वि.स.२०५२ सालदेखी प्राज्ञिक विद्यार्थी परिषद स्थापना गरी शिक्षा क्षेत्रलाई दलीय राजनीतिक मुक्त क्षेत्र बनाउन, विद्यार्थीमा समग्र विकासका लागि आवश्यक विविध रचनात्मक तथा सकारात्मक गतिविधिमा जोड्न, राष्ट्र प्रथम भावको विचारसँग आवद्ध रहन र विद्यार्थी शक्तिलाई राष्ट्र शक्तिको रूपमा विकास गर्न यस अभियान संचालन गरिएको हो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |