प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,१८ मंसिर
नेत्रावती डबजोङ गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ। गाउँपालिका उपाध्यक्ष सिता माया चोदेनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यता रहेको थियो । कार्य वडा नं ३ का अध्यक्ष शुरेस वाईबाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा स्थानीय, महिला समूह, र युवा प्रतिनिधिहरू, स्वास्थ्य स्वयमसेविको लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा लैङ्गिक हिंसाका मुद्दा, समाधानका उपाय, र समुदायमा यसको प्रभावबारे महिला अधिकारकर्मी कविता इटनीले सहजिकरण गर्नुभएको थियो ।
लैङ्गिक हिंसा विरुद्धको जागरण अभियानलाई सुदृढ बनाउन र समुदायलाई सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष सिता माया चोदेनले बताउनुभयो ।

गाउँपालिकाले महिला शसक्तिकरणको लागि विभिन्न कार्यक्रम सन्चालन गरीरहेको गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहले संचालन गर्नु कार्यक्रममा सहभागीहरूले महिला हिंसा न्युनीकरण र महिलाहरुको शससक्तिकरणको क्षेत्रमा काम गर्नका लागि आग्रह गरेका थिए । कार्यक्रममा सहभागीहरूले लैङ्गिक समानताका लागि समुदायस्तरमा योगदान पु¥याउने प्रतिबद्धता जनाएका थिए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |