धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,१६ भदौ
१५ वर्षीया एक बालिका बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालत धादिङले ०८१ भदौ १६ गते १२ वर्ष ८ महिना कैद सजायाँ गर्ने फैसला भएको छ ।जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलको इजलासले कसुरदार १८ वर्ष मुनिको बालक भएकोले १२ वर्ष ८ महिना कैद साथै ४ लाख ७३ हजार १ रुपैयाँ क्षतिपूर्ति तिर्न फैसला भएको जिल्ला अदालतका तहसिलदार तथा सूचनाअधिकारी ध्रुब सुवेदीले जानकारी दिनुभयो । कसुरदारले तिर्ने जरिवानाको रकम क्षतिपूर्ति रकम पीडितलाई भराउन समेत आदेश भएको छ ।
जिल्ला अदालतले गरेको फैसलामा कसुरदारले मुद्दा फैसला भएको ३ महिनाभित्र जरिवाना रकम दाखिला गरेमा कसुरदार बालकले पाउने सुबिधा अन्तरगत १० वर्ष ८ महिना कैद छुट भइ २ वर्षमात्र कैदस्न पाउने फैसलामा उल्लेख छ ।कसुरदारले आगामी ५ वर्षभित्र कुनैपनि फौजदारी अभियोग प्रमाणित हुने किसिमको कसुर नगर्ने प्रतिवद्धता सहित हदालतमा प्रतिवद्धता जनाएमा कैद छुटको सुबिधा लिन पाउने छ । कसुरदारले अदालतमा गरेको लिखित प्रतिवद्धता तोडेमा पुरै समय सयायाँ हुने छ ।
बालिकामात्र भएको मौका पारी ०८१ असार २१ गते बालिकामाथी बालात्कार गरेकोमा पीडित पक्षको सोही दिनको उजुरकिो आधारमा कसुरदारलाई असार २२ गते गिरफ्तार गरिएको थियो । जिल्ला प्रहरी कार्यालयमा असार २१ गते दर्ता भएको मुद्दा जिल्ला अदालतमा साउन ७ गते दर्ता भइ साउन ८ गते कसुरदारलाई पुरपक्षका लागि बालसुधारगृह भक्तपुरमा राखिएको थियो । पीडितको असार २२ गते धादिङ अस्पतालमा स्वास्थ्य परिक्षण भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |