धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । नीलकण्ठ नगरपालिकाको चालु आर्थिक बर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नीलकण्ठ नगरपालिकाबाट भएको सेवा प्रवाह तथा कार्यक्रम र बजेटका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगरपालिका बाट प्रवाह भएका सेवा सुविधा निति तथा कार्यक्रम योजना र बजटको बिषयमा नागरिकहरुले प्रश्न, गुनासो र सुझाव दिएका थिए । उठेका प्रश्नहरुलाई नगर प्रमुख भीम प्रसाद ढुंगाना, उप–प्रमुख दिपक बिश्वकर्मा, जिल्ला प्रशासन कार्यालय बाट प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत पुरुषोत्तम सुवेदी र जिल्ला प्रहरी कार्यालय धादिङ प्रमुख प्रमुख गौतम केसीले सवालको जवाफ दिनु भएको थियो ।
प्रश्नको जवाफ दिनुहुदै नीलकण्ठ नगरपालिकाको मेयर भिम प्रसाद ढुङ्गानाले शुशासन पारदर्शिता र जवाफदेहिताको निमित्त आफु सदैव प्रतिवद्ध रहेको बताउँदै सल्लाह सुझावर गुनासो सुन्नकै निमित्त यस किसिमको कार्यक्रम आफुले नियमित गर्दै आएको बताउनुभयो ।
आफुले नगरबासीको शिर झुकाउने काम कहिल्यै नगर्ने भन्दै सम्मृद्ध नगरपालिका निर्माणको लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कार्यक्रममा उठेका सकारात्मक सवालहरुलाई आफुले पुर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |