धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । धादिङमा १६ वर्षीया छोरी बलात्कार गर्ने ४९ वर्षीय बाबुलाई इलाका प्रहरी कार्यालय गजुरीले पक्राउ गरेको छ ।
पटक पटक बलात्कार गर्ने गरेका बाबु विरुद्ध पीडितपक्षले असार १६ गते इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिएपछि पक्राउ गरिएको हो ।
प्रहरीले असार १६ गते मुद्दा दर्ता गरि आरोपितलाई खोजि गरेको थियो । पीडितको जिल्ला अस्पतालमा गरेको स्वास्थ्य परिक्षणले १९ हप्ताको गर्भ रहेको स्वास्थ्य परिक्षणबाट जानकारी भएको थियो । जिल्ला अदालतको आदेशले पीडितको स्वास्थ्य परिक्षण र उपचार प्रसुति गृह काठमाण्डौमा असार १७ गतेदेखि २२ गतेसम्म भएको थियो । अदालतको स्वकृति पछि पीडितको गर्भपतन समेत प्रसुति गृह काठमाडौंमा गरिएको छ ।
आरोपितलाई पक्राउ गरि अदालतको अनुमतिले हिरासतमा राखेको छ । पीडित अस्पतालको उपचारपछि आमासंग आफ्नो घर पुगेपछि परिवारका अन्य सदस्यको धम्कीका कारण घरमा बस्न नसकी असार २३ गतेदेखि सुरक्षित आवास गृहमा राखिएको र एकिकृत संकट व्यवस्थापन प्रणालीबाट उपचार लगायतका न्यायिक सहयोग भइरहेको बताईएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |