धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । धादिङको वेनिघाट रोराङ वडा नम्बर १ ब्रोम्दिङ र थमभन्ज्याङको खुल्ला चरण क्षेत्रमा चियाको बिरुवा रोपिएको छ । खुल्ला चरण क्षेत्रलाई संरक्षण गरी व्यवसायिक रुपमा चिया खेतीको प्रवद्र्धन गर्ने उद्देश्यले चियाको बिरुवा रोपिएको हो ।
गाउँपालिकाले वडा नम्बर १ मा व्यवसायिक रुपमा चियाखेती प्रवद्र्धन गर्ने कार्यक्रम अन्र्तगत अघिल्लो आर्थिक बर्षमा ५ लाख र चालु आर्थिक बर्षमा ३ लाख आर्थिक सहयोग दिएपछि परिक्षणका रुपमा पाँच हजार चियाको बिरुवा रोपिएको चिया प्रवद्र्धन कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान तामाङले बताउनुभयो ।
गाउँपालिकाले एक वडा एक कृषि उत्पादन पकेट क्षेत्रको रूपमा विकास गर्ने उद्देश्य वडा नम्बर १ लाई चिया, अम्रिसो, आलु, बेमौसमी बन्दा, काउली खेतीको पकेट क्षेत्रको रूपमा विकास गरिने निती तथा कार्यक्रममा उल्लेख गरेको छ ।
गाउँपालिकाले यस क्षेत्रका नाङ्गा डाँडाहरूमा चिया खेती प्रवद्र्धन गर्ने र स्थानीय समुदायको आयआर्जन बढाउने नीति लिएको छ । यससँगै पर्यटनको अथाह सम्भावना रहेको यस क्षेत्रमा चिया खेतीले पर्यटनको प्रवद्र्धनमा पनि टेवा पुग्ने पालिकाले बिश्वास लिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |