प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
यहि फागुन ११ गते रवि धादिङ आउने
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङबेशी । धादिङ–पोखरा सम्पर्क समाजले धादिङको गल्छी गाउँपालिका–२ स्थित कल्लेरी माविमा सात लाख ९७ हजार सात सय २० को अक्षयकोष स्थापना गरेको छ । पूर्वशिक्षामन्त्री गङ्गालाल तुलाधरको उपस्थितिमा समाजका अध्यक्ष रामप्रसाद पाण्डे (राजु)ले विद्यालयलाई अक्षयकोषको रकम हस्तान्तरण गर्नुुभएको हो ।
पूर्वशिक्षामन्त्री तुलाधरले कुनै पनि बालबालिका आर्थिक अभावले शिक्षा पाउनबाट वञ्चित हुन नहुने बताउँदै धादिङ–पोखरा सम्पर्क समाजको अक्षयकोष विद्यालयका लागि महत्वपूर्ण हुने बताउनुुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सबैले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुुभयो ।
गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले कल्लेरी मावि पालिकाभित्रै उत्कृष्ट विद्यालय भएको दाबी गर्नुभयो । समाजका अध्यक्ष पाण्डेले पोखरामा रहेका धादिङबासीले आफ्नो दैनिक खर्च कटाएर सामाजिक भावनाका साथ अक्षयकोष स्थापनार्थ सहयोग गरेको बताउनुुभयो ।
कार्यक्रममा गल्छी गाउँपालिका–२ का वडाध्यक्ष षडानन्द खनाल, कार्यक्रम संयोजक एवं समाजका वरिष्ठ उपाध्यक्ष सरस्वती श्रेष्ठ, गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारी, समाजका पूर्वअध्यक्ष गोकर्ण लम्साल, पूर्वअध्यक्ष कृष्णबहादुर लम्साललगायतले अक्षयकोषले विद्यालयको शैक्षिक गुणस्तरीयता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुुभयो ।
धादिङ मूल थलो भई पोखरामा विभिन्न सेवा पेसा र व्यवसायमा आबद्ध व्यक्तिहरूको साझा संस्थाका रुपमा रहेको समाजले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न काम गर्दै आएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |