Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन ९, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • यहि फागुन ११ गते रवि धादिङ आउने यहि फागुन ११ गते रवि धादिङ आउने
  • निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस् निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
  • कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

किसान र कृषि क्षेत्रको बिकासका निमित्त नगरपालिकाले काम गरिरहेको छ :उपमेयर दिपक विश्वकर्मा

१३७० पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर ३०, शनिबार (२ साल अघि)
किसान र कृषि क्षेत्रको बिकासका निमित्त नगरपालिकाले काम गरिरहेको छ :उपमेयर दिपक विश्वकर्मा

धादिङबेशी । नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक बिश्वकर्माले किसान र कृषि क्षेत्रको बिकासका निमित्त नगरपालिकाले बिभिन्न काम गरिरहेको बताउनु भएको छ ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड सुनौलाबजारको २१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उप मेयर दिपक बिश्वकर्माले सो कुरा बताउनु भएको हो । शनिबार नीलकण्ठ नगरपालिका–६ स्थित सुनौला बजारको टुडिखेलमा सहकारीको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्नुहुँदै उहाँले किसानको लागि कृषि क्षेत्र आर्थिक उन्नतीको क्षेत्र भएको भन्दै प्रत्येक वडामा उत्पादनलाई केन्द्रित गरेर उत्पादन संकलन केन्द्र बनाउन नीलकण्ठ नगरपालिका लागिरहेको बताउनु भएको छ । मुलुक आर्थिक हिसावले संकटको अवस्था देखिरहेको अवस्थामा बिभिन्न बैङक,बित्तिय संस्थाहरु एक पछि अर्को संकटहरु देखिरहेको बेलामा आफ्नो छरिएर रहेको स–साना पुजीलाई एकिकृत गरि गाउँमा नै सुख दुख परेकोबेला महत्वपूर्ण कारोबार गर्ने संस्थाको रुपमा पहिचान बनाउनु सफल भएकोमा सहकारीलाई धन्यावाद सहित प्रगतीको शुभकामना दिनु भएको छ ।

उहाँले सुनौलाबजार भनेको अदुवा, बेसार, फर्सी, स्कोस खेतीको लागी लोकप्रिय ठाउँ भएकोले यस खेतिको प्रवध्रन र बजारीकरणका निमित्त आगामी दिनमा अनुदान लगाएत कुरामा सहयोग गरिने बताउनु भएको छ । कृषि क्षेत्र नै किसानहरुको आर्थिक उन्नतीको क्षेत्र हुन सक्छ भनेर नीलकण्ठ नगरपालिकाले एक वडा एक उत्पादन संकलन केन्द्र बनाउने, उत्पादनको आधारमा अनुदानहरु प्रदान गर्ने, नगरपालिकाले एक चिस्यान केन्द्र बनाउने भनेर कार्यक्रम बनाई दातृ निकायहरु संग समन्वय भैरहेको उहाँले बताउनु भयो ।

सहकारीहरुले दिएका बिभिन्न आय आर्जन सम्बन्धी तालिमहरु लिएर किसानहरु उत्पादनमा होमिए बजारीकरणको जिम्मा आफुहरुले लिन तयार भएको उहाँको भनाई छ । उहाँले सस्तो ब्याजदरको पैसा लगेर ब्यवसायीक बन्नु पर्ने कुरामा जोड दिनु भएको छ । उहाँले किसानहरुले श्रमलाई सम्मान गरि कार्य गरेमा सफलता पुगिने भन्दै कृषि पेशा बाट नै ब्यक्ति, परिवार र समाजलाई आर्थिक हिसावले समेत टेवा पुग्ने बताउनु भयो । उहाँले किसान र कृषि क्षेत्रको बिकासका निमित्त नीलकण्ठ नगरपालिकाले विभिन्न कार्यक्रमहरु संचालन गर्ने समेत आश्वासन दिनु भएको छ ।

त्यसैगरी बार्षिक साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका बिशेष अतिथि तथा वडा न ६ का वडा अध्यक्ष भुपेन्द्र कुमार श्रेष्ठले जनताको भावना अनुसार नै आफुले प्रतिवद्ध भएर सेवा प्रवाह गरिरहेको बताउनु भएको छ ।

सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माको प्रमुख आतिथ्यता तथा वडा नं– ६ का वडा अध्यक्ष भुपेन्द्र कुमार श्रेष्ठ र कार्यपालिका सदस्य लक्ष्मण रम्तेलको विशेष अतिथि रहेको थियो ।

साधारण सभाले तयार पारेको बार्षिक साङ्गठनिक तथा आर्थिक प्रतिवेदन सर्वसहमत पास गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

  • यहि फागुन ११ गते रवि धादिङ आउने

    यहि फागुन ११ गते रवि धादिङ आउने

  • निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • समाचार
    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    यहि फागुन ११ गते रवि धादिङ आउने

    यहि फागुन ११ गते रवि धादिङ आउने

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0