प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
यहि फागुन ११ गते रवि धादिङ आउने
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
नेपालभर भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोक्ने निर्णय गरिएको छ । ‘आदिपुरुष’ फिल्मको नेपाल वितरक कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि नेपालभर प्रदर्शन रोक्ने निर्णय गरेको हो । निर्णय भएसँगै ‘आदिपुरुष’को नेपालभर प्रदर्शन रोकिएको छ ।
काठमाडौं महानगरपालिकाले आफ्नो नगरभित्र सोमबारबाट प्रदर्शन रोक्ने जनाइसकेको थियो । काठमाडौं महानगरसँगै अन्य पालिकाले समेत ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने निर्णय भइरहेका बेला नेपाल वितरक कम्पनी ब्यांकटेसले नै नेपालभर प्रदर्शन रोक्ने निर्णय गरेको हो ।
‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी’ भन्ने शब्द समावेश गरिएपछि काठमाडौं महानगरले उक्त शब्द फिल्मबाट हटाउन तीनदिनको समय दिएको थियो । तर, नेपालमा मात्र हटाएपछि महानगरले सोमबारबाट प्रदर्शनमा रोक लगाएको थियो ।
रोक लगाइएको आधिकारिक पत्र आउनुअघि नै हल व्यवसायीले फिल्म प्रदर्शन रोकेकोप्रति आपत्ति जनाउँदै वितरक कम्पनी ब्यांकटेसले नेपालभरबाट फिल्म उतार्ने निर्णय गरेको हो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |