प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ । नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज र नीलकण्ठ बहुमुखी क्याम्पस नेपाली विभागको सहकार्यमा प्रसारण गर्न लागिएको नीलकण्ठ प्रतिभा डवलीको संचालक समिति गठन गरिएको छ । बिहिबार क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुको भेला बाट संगिता मजाकोटीको संयोजकत्वमा १९ सदस्यिय नयाँ समिति चयन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा सुस्मिता श्रेष्ठ,सचिवमा दिना तामाङ,सदस्यहरुमा राधिका कोईराला,दुर्गा बराईली,सरस्वती जम्केटल,सुस्मा लामा, अनिता लम्साल,दिल कुमारी श्रेष्ठ,सुमित्रा तामाङ,बिनिता गुभाजु रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुजन गुरुङ,सुस्मिता श्रेष्ठ,गीता दाहाल,आशिका राना मगर, लक्ष्मी ईटनी, दिलमान तामाङ,कल्पना श्रेष्ठ, र सरिता श्रेष्ठ रहेका छन् ।
समिति गठन तथा पुर्व तयारीको लागी आयोजित भेलामा नीलकण्ठ क्याम्पसका सहायक क्यापस प्रमुख देवी प्रसाद अधिकारी,नेपाली विभागका प्रमुख डा. नविन बन्धु पहाडी ज्यू लगाएतले कार्यक्रमको बिषयमा प्रशिक्षणात्मक मन्तब्य राख्नु भएको थियो ।
नीलकण्ठ प्रतिभा डवली कार्यक्रम हरेक शुक्रबार बिहान ८ः३० बजे क्याम्पसको हलमा रेकर्ड हुने र शनिबार बेलुका ८ः३० बजे नीलकण्ठ एफ.एम. बाट प्रसारण हुने भएको छ ।
यस कार्यक्रमले नव प्रतिभाहरु खोजी गरि सुख दुखको बह पोख्ने ठाउँ बन्ने र नीलकण्ठ बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुको मात्र नभएर जिल्ला भरिकै प्रतिभाहरुको प्रस्फुटनमा सहयोग पुग्ने नीलकण्ठ क्याम्पस नेपाली बिभागको प्रमुख डा. नविन बन्धु पहाडीले बताउनु भयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |